post-slider post-slider

भारतको ‘जिडिपी’ ले उछिन्यो चीनलाई

Image
A A

काठमाडौं- भारत फेरि एकपटक फेरि विश्वकै सबैभन्दा तीव्र गतिका साथ अगाडि बढिरहेको अर्थव्यवस्था भएको मुलुक बनेको छ।

वर्तमान आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरकाबीच त्यहाँको अर्थव्यवस्थामा ७.६ प्रतिशतको दरले विकास भएको छ।

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआइ) ले दोस्रो त्रैमासिकका लागि ६.५ प्रतिशत जिडिपी रहने अनुमान गरेको थियो।

तर वास्तविक आँकडाले यो अनुमानभन्दा बढी वृद्धि गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अप्रिलदेखि जुनसम्म जिडिपी ७.८ प्रतिशत रहेको थियो। जबकि गत आर्थिक वर्षको यही समयमा जिडिपी ६.२ प्रतिशत थियो।

जुलाई–सेप्टेम्बरमा भारतको जिडिपी दरले चीनको ४.९ प्रतिशत जिडिपी दरलाई उछिनेको छ।

भारतको वित्त मन्त्रालयले आँकडा आइसकेपछि सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ,‘आर्थिक वर्ष २०२३ को दोस्रो त्रैमासिकमा जिडिपी वृद्धिदर ७.६ प्रतिशत रह्यो, यो औसत अनुमान ६.८ प्रतिशतभन्दा बढी छ। अधिकतम  अनुमान ७.४ प्रतिशत गरिए पनि यो आँकडा त्योभन्दा पनि बढि रहेको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुमानभन्दा बढी जिडिपीको आँकडाबारे यसले भारतको सामथ्र्य देखाएको बताएका छन्।

 

 

Tags: