post-slider post-slider

प्रदेस सांसद सिंह धरौटीमा रिहा

Image
A A

काठमाडौं- मधेस प्रदेससभा सदस्य अनिरुद्धसिंह यादव धरौटीमा रिहा भएका छन्।

हत्याकाण्डमा संलग्न रहेको  आरोपमा पक्राउ परेका यादवलाई उच्च अदालत जनकपुर राजविराजले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई उच्च अदालतले १ लाख २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको निमित्त रजिष्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिएका छन्।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोपमा यादवविरूद्ध कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो।

मुलतबीमा रहेको मुद्दामा यादवलाई तत्कालीन सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीले १७ भदौमा पक्राउ गरी भोलिपल्ट सप्तरी जिल्ला अदालतमा पेस गरेका थिए।

त्यही दिन अदालतले पुर्पक्षका लागि यादवलाई थुनामा पठाउने आदेश दिएको थियो।

अदालतले वादी रिताकुमार चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारको प्रतिवादी भनिएका यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

अदालतले पुर्पक्षका लागि कारागारमा चलान गरेलगत्तै यादवलाई प्रदेससभा सदस्य पदबाट निलम्बन गरेको थियो।

सप्तरी जिल्ला अदालतको आदेशविरूद्ध अनिरुद्ध पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो। 

त्यही रिटउपर बिहीबार बहस हुँदा न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

 

Tags: