post-slider post-slider

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल सिफारिस

Image
A A

काठमाडौं- सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस भएका छन्।

न्याय सेवा आयोगको बुधबार बसेको बैठकले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि ढकाललाई सिफारिस गरेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापरिषदका सचिव रहेका ढकाललाई रिजष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ।

मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए।

 

Tags: