post-slider post-slider

भारतमा एकै परिवारका ६ जनाको हत्या

Image
A A

काठमाडौं- भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको दैनिक जागरणले जनाएको छ। समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो। 

आज बिहान उनीहरूबीच पुन: विवाद भएको थियो। विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको थियो। जसमा गोलीसमेत चलेको समाचारमा उल्लेख छ। गोली लागेर एकै परिवारका ६ जनाको ज्यान गएको हो। 

एकै परिवारका ६ जनाको हत्या भएपछि गाउँमा सन्नाटा छाएको छ। अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ। 

Tags: