post-slider post-slider

मैतीदेवीमा सञ्चालित डा. दिलजान मन्सुरको क्लिनीक बन्द 

Image
A A

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक क्लिनिक बन्द गराएको छ।

महानगरपालिकाबाट आइतबार गएको अनुमगन टोलीले मैतीदेवीमा सञ्चालित डा दिलजान मन्सुर–कुर्तको एफडीएच क्लिनिक मापदण्ड विपरीत  रहेको भन्दै बन्द गरेको हो। 

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको उक्त क्लिनिकले ‘लो कार्ब डाइट’का नाममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो। डा मन्सुरले सोहीअनुसार उपचारका लागि पुग्नेहरुलाई कार्बोहाड्रेट कम भएका खानेकुराहरुदेखि औषधि प्रेस्काइब गर्दै आइरहेका थिए।

महानगले क्लिनिक बन्द गरेपछि उनले सामाजकि सञ्जालमा लेखेका छन्, ‘यस क्लिनिक दर्ताको लागि २०७८ कार्तिक २५ गते काठमाडौं  महानगरपालिका स्वास्थ्य बिभागमा निबेदन दर्ता गरिएको ९दर्ता नम्बर ११७० र पटक पटक निरिक्षणको लागि अनुरोध गर्दा पनि निरिक्षण नगरी आज असार  १० गते काठमाडौं महानगरपालिका  स्वास्थ्य बिभागबाट अकस्मात् क्लिनिकमा  आएर ताल्चा लगाइ क्लिनिक बन्द गराएको ब्यहोरा जानकारी गराइन्छ । यसबाट बिरामीहरुमा पर्न गएको असुबिधा प्रती क्षमाप्रार्थी छौं ।’

 

Tags: