post-slider post-slider

भारतसँग जारी टि–२० श्रृंखलाकाबीच अस्ट्रेलियाद्वारा टिममा परिवर्तन

Image
A A

काठमाडौं- भारतसँग जारी टि–२० श्रृंखलाका  बीच अस्ट्रेलियाले एक्कासी टिममा परिवर्तन गरेको छ।

श्रृंखलाअन्तर्गतको तेस्रो म्याचअघि अस्ट्रेलियाले खेलाडीहरू परिवर्तन गरेको हो।

श्रृंखलाको बीचमा अस्ट्रेलियाले ग्लेन मेक्सवेल, मार्कस स्टोइनिस, जोश इंग्लिस र सिन एबोटलाई अस्ट्रेलिया फिर्ता पठाउने निर्णय गरेको छ।

यो निर्णयपछि मैथ्यु वेडको नेतृत्वमा जेसन बेहरेनडोर्फ, टिम डेविड, बेन ड्वारसुइस, नाथन एलिस, क्रिस ग्रिन, आरोन हार्डी, ट्रैविस हेड, बेन मैकडरमोट, जोश फिलिप, तनवीर सांघा, मैट शौर्ट र केन चिर्डसन टिमका सदस्य हुनेछन्।

पाँच म्याचको श्रृंखलाअन्तर्गत भारतले लगातार दुई खेल जितिसकेको छ। श्रृंखलाको तेस्रो खेल मंगलबार राति गुवाहाटीमा खेलिनेछ।

 

Tags: