post-slider post-slider

अब ओलम्पिकमा पनि क्रिकेट

Image
A A

काठमाडौं- ओलम्पिक खेलमा अब क्रिकेट प्रतियोगिताले पनि स्थान पाउने भएको छ।

सन् २०२८ मा अमेरिकाको लौस एन्जल्समा हुन लागेको ओलम्पिकमा क्रिकेटले पनि स्थान पाउने भएको हो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मतदानका क्रममा क्रिकेटसहित अन्य चार खेललाई ओलम्पिकमा सामेल गराउने निर्णय गरेको हो।

मतदानका बेला आइओसीका दुई सदस्यले यसको विरोध गरेका थिए भने एक जना अनुपस्थित थिए।

ओलम्पिकमा टि–२० क्रिकेट प्रतियोगिता हुने तय भएको छ।

केही दिनअघि चीनमा सम्पन्न एसियाली खेलकुदमा पनि क्रिकेटलाई समावेश गराइएको थियो।

ऋतुराज गायकवाड नेतृत्वको भारतीय पुरुष टिमले एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक हासिल गरेको थियो।

त्यस्तै भारतीय महिला टिमले पनि स्वर्ण पदक जितेको थियो।

भारतीय उपमहाद्वीपमा क्रिकेट सबैभन्दा लोकप्रिय खेलमा सामेल छ। र, लामो समयदेखि यसलाई ओलम्पिकमा सामेल गराउन माग भइरहेको थियो।

क्रिकेटबाहेक बेसबल, फ्लैग फुटबल, सिक्सेज र स्क्वैसलाई पनि २०२८ को ओलम्पिकमा सामेल गरिएको छ।

ओलम्पिकमा १२० वर्षपछि क्रिकेटको पुनःआगमन भएको हो। अन्तिमपटक सन् १९०० मा क्रिकेटलाई ओलम्पिकमा सामेल गराइएको थियो। त्यो बेला ब्रिटेन र फ्रान्सको टिमले क्रिकेटमा भाग लिएका थिए।

ओलम्पिकमा क्रिकेटलाई समावेश गराइएपछि भारतीय क्रिकेटर सूर्यकुमार यादवले खुसी व्यक्त गरेका छन्।

ट्विटरमा उनले लेखेका छन्,‘विश्वमञ्चसामू आफ्नो देशको प्रतिनिधित्व गर्ने थप एक अवसर हो।’

 

 

Tags: