post-slider post-slider

सञ्चार मन्त्रालयले भन्यो – असुरक्षित नेटवर्क प्रयोग नगरौं

Image
A A

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको छ।

असुरक्षित नेटवर्क प्रयोग गर्दा डेटा चोरी हुने भन्दै प्राधिकरणले यसो नगर्न अनुरोध गरेको हो।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर ‘सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा डेटा चोरी हुने, ब्ल्याकमेलमा परिने र जोखिम बढ्ने’ बताएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डिएनए र आइपी एड्रेसमार्फत टिकटक वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल एकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घटन् जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवकर्ट प्रयोग नगर्न सबैमा अनुरोध गरिन्छ।’

Tags: