post-slider post-slider

आइपिएल फाइनल : धोनी भर्सेस पांड्या, कसको पल्ला भारी?

Image
A A

काठमाडौं- आइपिएल २०२३ को फाइनल खासमा दुई दिग्गजहरूबीचको लडाइँ हो– पहिलो– जसले लामो समयसम्म एकछत्र राज गरे तर अहिले उनको शक्ति र जवानी ओरालो लागिरहेको छ।

दोस्रो– जो हरेक दिन नयाँ उचाइँ छोइरहेका छन्।

यी दुई खेलाडी हुन्–चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनी र गुजरात टाइटन्सका कप्तान हार्दिक पांड्या।

फाइनल म्याचमा दुवै खेलाडीका धेरै थोक दाउमा लागेको छ। धोनी आफ्नो आइपिएल करियरको अन्तिम पडावमा छन्। पछिल्लो म्याचपछि उनले भनेका थिए–सन्यासबारे निर्णय आगामी निलामीको आसपास लिने छु।

धोनीले चेन्नई टिमलाई जितको यस्तो किला खडा गरेका छन् जहाँ आएर पाका खेलाडी वा धेरै सफल नभएका खेलाडी पनि च्याम्पियन जस्तो प्रदर्शन गर्ने गरेका छन्।

कुनै बेला उनको टिमलाई ‘डैडी–आर्मी’ भनियो भने नाम नचलेका खेलाडी चयन गरेका कारण धोनीको आलोचनासमेत भयो।

यसका बाबजुद धोनीले यस्तो टिम बनाएका छन् जसले जित हासिल गर्न जानेको छ।

धोनीले चेन्नई सुपर किङ्समा जितको परम्परा स्थापित गरिदिएका छन् जहाँ हारेका खेलाडीहरू पनि जितका लागि खेल्ने गरेका छन्।

धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले चारपटक आइपिएलको उपाधि जितेको छ। यो मुम्बई इन्डियन्सभन्दा एक कम हो। जाँदाजाँदै धोनीले यो कीर्तिमान पनि आफ्नो टिमको नाममा गर्न चाहेका छन्।

उता पांड्या पनि आफ्नो चमत्कारिक नेतृत्वका लागि चिनिन्छन्। उनले पहिलो सिजनमै गुजरातलाई आइपिएलको उपाधि दिलाउन सफल भएका थिए।

पांड्याले एक मजबुत टिम खडा गरेका छन् जसले मुम्बई इन्डियन्सलाई क्वालिफायर–२ मा पराजित गरेर फाइनलमा पुग्ने उसको चाहनालाई धुमिल बनाइदियो।

अब पांड्याबाट दोस्रो टाइटलभन्दा कमको अपेक्षा गरिएको छैन।

धोनी र पांड्याको सम्बन्ध

धोनी र पांड्या मैदान बाहिर राम्रा मित्र हुन्। दुवैले कैयौंपटक मिडियासामुन्ने एकअर्काको प्रशंसा गरेका छन्।

पांड्या धोनीबाट अधिकांश समय सल्ला लिइरहेका हुन्छन्। भारतको सबैभन्दा सफल कप्तानबाट धेरै थोक सिक्ने अवसर पाएको भनेर उनी धोनीको प्रशंसा गरिरहेका हुन्छ।

दुवै नजिकका मित्र हुन् तर मैदानमा जितका लागि कुनै कसर बाँकी राख्ने सम्भावना देखिँदैन।

पूर्वक्रिकेटर सुनिल गावास्करका अनुसार पांड्याले उनलाई धोनीको स्मरण गराउँछन्।

‘पांड्याको कप्तानीमा पनि धोनीजस्तै शान्त भाव देखिन्छ,’ गावास्कर भन्छन्,‘आफ्नो टिममा उनी धोनीजस्तै खुसी र शान्तिका माहोल लिएर आउँछन्, जसको प्रशंसका गर्नुपर्दछ।’

धोनीको यसपालिको सिजन हेर्ने हो भने उनकोविना चेन्नई फाइनलसम्म पुग्ने कल्पनासमेत गर्न सकिँदैन। यद्यपि ब्याटिङलाई हेर्ने हो भने यो सिजनमा उनले सबैभन्दा कम भार उठाउने ब्याट्सम्यानमध्येका एक हुन्।

यस्तो छ आँकडा

आइपिएलको फाइनल त्यो ठाउँमा पुगेको छ जहाँबाट सिजनको सुरूवात भएको थियो। ३१ मार्चमा भएको पहिलो खेलमा च्याम्पियन गुजरात र सबैभन्दा तल्लो स्थानमा रहने टिम चेन्नई अहमदाबादमा एकअर्काविरूद्ध भिडेको थियो।

चेन्नईले पहिले ब्याटिङ गर्दै १७७ रन बनाएको थियो। १७८ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट बाँकी छँदै पूरा गरेको थियो।

त्यस्तै अघिल्लो सिजनको दुवै प्रतिस्पर्धामा गुजरातले जित हात पारेको थियो। चेन्नई गुजरातसँग ०–३ ले पछाडि रहेको थियो।

तर, चेन्नईले आफ्नो घरेलु मैदानमा गुजरातलाई झड्का दियो। र, पहिलोपटक पांड्याको टिमलाई धोनीको टिमले पराजित ग¥यो।

यो सिजनको पहिलो क्वालिफायरमा चेन्नईले पहिले ब्याटिङ ग¥यो र एक स्लो पिचमा १७२ रन जोड्यो। गुजरातका ब्याट्सम्यानहरू लगातार आउट भइरहे र अन्त्यमा १५ रनले चेन्नईले जित हासिल ग¥यो।

दुवै टिमबीच अहिलेसम्म भएका कुल चार म्याचमध्ये गुजरातले तीन र चेन्नईले मात्र एक म्याच जितेको छ।

Tags: