post-slider post-slider

एसिया कप : नेपालविरुद्ध खेल्न पाकिस्तानले सार्वजनिक गर्‍यो टिम

Image
A A

काठमाडौं- एसिया कप–२०२३ मा नेपालविरुद्धको खेलका लागि पाकिस्तानले टिम घोषणा गरेको छ।

पाकिस्तान क्रिकेट बोर्डले बुधबार खेलिने उद्घाटन खेलाका लागि प्लेइङ–११ सार्वजनिक गरेको हो।

नेपालविरुद्धको खेलका लागि बाबर आजमको नेतृत्वमा पाकिस्तान टिम मैदानमा उत्रिने छ। पाकिस्तान टिमको उपकप्तान सदाब खान रहेका छन्।

पाकिस्तानले एसिया कपको पहिलो खेलका लागि आफ्ना उत्कृष्ट बलरहरुलाई टिमममा समावेश गरेको छ। नेपाली टोलीले पाकिस्तानका आक्रमक बलहरुको सामना गर्ने छन्।

मंगलबार राति टिम घोषणा गरेको पाकिस्तानले फास्ट बलिङतर्फ नसिम शाह, साहिनशाह अफ्रिदी र ह्यारिस रौफलाई स्थान दिएको छ।

पाकिस्तानको मुल्तानमा हुने नेपाल र पाकिस्ताबीचको खेल बुधबार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ।

पाकिस्तान टिम :

बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), फकर जाफर, इमाम उल हक, सलमान अली अघा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसिम शाह, साहिनशाह अफ्रिदी र ह्यारिस रौफ।

 

Tags: