post-slider post-slider

अमेरिकाको ल्युइस्टन सहरमा गोलीबारी, १६ जनाको मृत्यु

Image
A A

काठमाडौं- अमेरिकाको मेने राज्यको ल्युइस्टन सहरमा भएको गोलीबारीमा कम्तिमा १६ जनाको ज्यान गएको छ।

एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १६ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

बन्दुकधारी खुलेआम घुमिरहेको भन्दै सतर्क रहन प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

घटनाको छानबिन भइरहेको भन्दै प्रहरीले संदिग्धको तस्बिर सार्वजनिक गरेको छ।

राष्ट्रपति जो बाइडेनलाई घटनाबारे जानकारी दिइएको व्हाइट हाउसले जनाएको छ।

 

Tags: