post-slider post-slider

आजदेखि एकदिवसीय विश्वकप, इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकपको १३ औं संस्करण बिहीबारदेखि सुरू हुँदैछ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको इंग्ल्यान्ड विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग भिड्न लागेको हो।

२०१९ को फाइनल खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डलाई पराजित गरेर पहिलोपटक विश्वकपको उपाधि हात पारेको थियो। 

५० ओभरको नियमित खेल र सुपर ओभर दुवै बराबरीमा टुंगिएपछि सबैभन्दा बढी बाउन्ड्री हिर्काएको आधारमा इंग्ल्यान्डलाई विश्वकप २०१९ को विजेता घोषणा गरिएको थियो।

विश्वकप २०२३ लाई भारतले आयोजना गरेको छ। इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेल भारतको अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतीय समयअनुसार दिउँसो सवा २ बजे सुरू हुनेछ।

प्रतियोगिताको यस संस्करणमा १० टिम सहभागी छन्।

यसपटक भारतसँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन्।

विश्वकपको यो संस्करणमा नेदरल्यान्ड्स एकमात्र एसोसिएट राष्ट्र हो। सहभागीमध्ये उत्कृष्ट चारवटा टिम प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनल खेलका उत्कृष्ट दुई टिम उपाधिका लागि एकअर्काविरूद्ध प्रतिस्पर्धा गर्नेछन्।

 

Tags: