post-slider post-slider

दक्षिण अफ्रिकाको 'अजय-यात्रा' मा नेदरल्यान्ड्सले लगायो ‘ब्रेक’

Image
A A

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेट–२०२३ मा दक्षिण अफ्रिकाको अपराजित यात्रामा नेदरल्यान्ड्सले ‘ब्रेक’ लगाइदिएको छ।

मंगलबार नेदरल्यान्ड्सले  ३८ रनले पराजित गर्दै जारी विश्वकपमा दक्षिण अफ्रिकाको अपराजित यात्रामा ‘ब्रेक’ लगाएको हो।

भारतको हिमाचल प्रदेसस्थित धर्मशाला मैदानमा नेदरल्यान्ड्सले जितका लागि दिएको ४६ रन पछ्याएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाएरमात्र २०७ रन बनाउनसक्यो।

दक्षिण अफ्रिकाका लागि डेविड मिलरले सर्वाधिक ४३ रन बनाए। त्यस्तै हेनरिक क्लासनले २८ र क्विन्टन डिककले २० रनको योगदान दिए।

वर्षाका कारण निर्धारित समयभन्दा ढिलोगरी सुरू भएको खेल ४३ ओभरमा सीमित भएको थियो।

नेदरल्यान्ड्सका बलरसामु निरीह बनेका दक्षिण अफ्रिकाका अरू कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। जारी विश्वकपमा लगातार दुई खेल जितेको दक्षिण अफ्रिकाले ४४ रनमै ४ विकेट गुमाइसकेको थियो।

मिलर र क्लासनले केहीबेर साझेदारी गरेर इनिङलाई अगाडि बढाएका थिए। तर, क्लासन आउट भएसँग दक्षिण अफ्रिका थप दबाबमा प¥यो।

कप्तान टेम्बा बवुमा १६, रेसभेनडेर डुसेन ४, एडेन माकरम १, मार्को जेनसेन ९ र गेराल्ड कोट्जे २२ रनको योगदान दिए।

नेदरल्यान्ड्सका लागि लोगनभान बीक, पौलभान मीक्रेन, रोएलोफ भानडेर मेरव्यू, बासडे लीडेले २–२ विकेट लिए भने कोलिन एकरमेनले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाएर २४५ रन बनाएको थियो।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजिति ७८ रन बनाए। त्यस्तै रेलोफ भेन डेर मेरवेले २९, आर्यन दत्तले २३, तेजा निदामनुरुले २० रन जोडे।

नेदरल्यान्ड्सका ब्याटरले अन्तिम १० ओभरमा सयभन्दा बढी रन जोडेको थियो भने दक्षिण अफ्रिकाले ३२ अतिरिक्त रन दिएको थियो।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो पहिलो हार हो। यसअघि दक्षिण अफ्रिकाले अस्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो।

विश्व क्रिकेटमा कमजोर ठानिएका टिमहरूले स्थापित टिमलाई पराजित गर्न थालेपछि जारी विश्वकपको समीकरण हेरफेर हुनसक्ने सम्भावनालाई बढाइदिएको छ।

यसअघि आइतबार अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई पराजित गरेको थियो।

Tags: