post-slider post-slider

मार्च २२ बाट हुँदै आईपीएल, चेन्नेईले पहिलो खेल बेंग्लोरसँग खेल्ने

Image
A A

काठमाडौँ - इन्डियन प्रिमियर लिग–२०२४ को २१ खेलको तालिका बिहीबार सार्वजनिक गरिएको छ।

भारतमा आमनिर्वाचनका कारण यस सिजनको पूर्ण तालिका भने सार्वजनिक भएको छैन। आईपीएलको दोस्रो चरणको तालिका लोकसभा निर्वाचनको मिति घोषणापछि सार्वजनिक हुनेछ।

यस सिजनको पहिलो खेल मार्च २२ मा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपौक स्टेडियममा हुनेछ।

पहिलो चरणमा २२ मार्च देखि ७ अप्रिलसम्मका खेलको कार्यतालिका घोषणा गरिएको छ। यस अवधिमा, १७ दिनमा २१ खेलहरू खेलिनेछन्, जसमा ४ डबल हेडरहरू (एक दिनमा दुई खेलहरू) हुनेछन्।  

नवौं पटक आईपीएलको उद्घाटन खेल्दै छ चेन्नई 

चेन्नेईले नवौं पटक आईपीएलको कुनै पनि सिजनको पहिलो खेल खेल्नेछ। टोलीले यसअघि ८ पटक उद्घाटन खेल खेलिसकेको छ। टोलीले अहिलेसम्म १० फाइनल खेलेको छ भने ५ उपाधि जितिसकेको छ। 

Tags: