post-slider post-slider

रवि लामिछाने ६ दिन थुनामा

Image
A A

कास्की - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

लामिछानेलाई गत शुक्रबार चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

आइतबार उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीश नवराज दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले बताए।

संसदीय छानबिन विशेष समितिले लामिछानेको संलग्नतामा ६५ करोड रुपैयाँ गैरकानुनी रूपमा सहकारीहरूको रकम गोर्खा मिडियामा लगिएको निष्कर्ष निकालेको थियो।

लामिछाने पहिले उक्त मिडियाका प्रबन्ध निर्देशक थिए। सहकारी पीडितहरूले माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।

प्रहरीले लामिछानेलाई सहकारीको बचत अपचलनको आरोपमा पक्राउ गरेको थियो। संसदीय समितिले अनुसन्धानपछि गोर्खा मिडियामा सहकारीहरूको रकम खर्च गर्न लामिछानेको संलग्नता रहेको देखिएको भन्दै उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

लामिछानेमाथि ठगी तथा संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ। 

Tags: