post-slider post-slider

संसद् तीन नेताको मुडमा चल्दैन : रवि लामिछाने

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताए। महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद तीन नेताको मुडअनुसार चलाउन खोजिएको उनको आरोप छ।

प्रधानमन्त्रीले अशोभनीय कुरा बोलेको उनको भनाइ छ। गम्भीर विषय बोलेकाले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने लामिछानेले बताए। ‘सार्वभौम प्रधानमन्त्रीले अमुक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ। त्यसको जवाफ उहाँले दिनुपर्छ,’ आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।

उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गरे। सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको बताउँदे त्यसप्रति असन्तुष्टि व्यक्त गरे।


‘सभामुखलाई हामीले भन्नैपर्ने हुन्छ। एमालेले आफ्नो कुरा राख्नुभयो, त्यसपछि सोझै सत्तापक्षलाई बोल्न दिइयो,’ उनले भने, ‘यस्तो गलत भाष्य स्थापित गर्न खोजियो कि, रास्वपाले बोलेपछि सबै प्रतिपक्षले बोले। त्यसो होइन, रास्वपाको आफ्नै अडान मुद्दाहरू छन्। कतिपय मुद्दामा समान धारणा हुन सक्छन्।’

उनले सरकारले प्रतिपक्षीलाई देखाएर मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन पन्छिएको आरोप लगाए। महत्त्वपूर्ण कानुन समय घर्काएर ल्याउने र प्रतिपक्षी देखाएर पन्छन खोज्नु उपयुक्त नभएको पनि बताए।

Tags: