post-slider post-slider

बसमा आगो लाग्दा २५ यात्रुको मृत्यु

Image
A A

काठमाडौं- भारतको महाराष्ट्र राज्यमा एक यात्रुवाहक बसमा आगो लाग्दा २५ जनाको मृत्यु भएको छ।

मुम्बई–नागपुर एक्सप्रेस–वे मा गुड्दै गरेको बसमा आगो लाग्दा २५ जनाको ज्यान गएको हो। बसमा ३३ यात्रु सबार थिए।

प्रहरीले जनाएअनुसार पुणेतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगो लागेको हो।

टायर पन्क्चर हुँदा बस अनियन्त्रित भएर पोलसँग ठोक्किएको र त्यसपछि डिजेल ट्यांक विस्फोट भएर बसमा आगो लागेको बताइएको छ।

बसको अगाडि भागमा बसेका यात्रुहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटापछि केही यात्रु सिसा तोडेर बाहिर निस्किएको बताइएको छ।

 

 

Tags: