post-slider post-slider

गणतन्त्रको विकल्प गणतन्त्रमात्र हो : देउवा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको बताएका छन्।

पार्टीले आयोजना गरेको राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

लोकतन्त्रको प्रतिस्पर्धामा अझ राम्रो लोकतन्त्रमात्र रहेको उनले उल्लेख गरे।

सभापति देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र रहेको प्रष्ट पारे।

‘लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हो, फेरि राजतन्त्र फर्काउने कुरा हुँदैन। गणतन्त्रको विकल्प गणतन्त्र नै हो। यसमा हामी सबै दल एक छौं,’ उनले भने,‘यो व्यवस्थाबाहेक अरू केही हुन सक्दैन।’

लोकतन्त्रलाई थप बलियो बनाउन सबै दल एक भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले पार्टीका वैचारिक मतभेद र प्रतिस्पर्धाहरू रहे पनि सबै पार्टी एक ठाउँमा बस्ने संस्कार देखेर धेरैले आश्चर्य मान्ने गरेको बताए।

आफूहरू जस्तो मेलमिलाप र भाइचाराको संस्कार धेरै कम देशमा रहेको उनको भनाइ छ।

 

Tags: