post-slider post-slider

हमासले बन्धकहरू रिहा गरिरहँदा विपिन जोशीको अवस्था अझै अज्ञात

Image
A A

काठमाडौं- हमासले इजरायली र विदेशी गरी झन्डै ६ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ। केही साताअघि इजरायली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो।

उनलाई छुटाउन आवश्यक सबै किसिमको पहल जारी राखिएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुराकानी गर्न हमाससँग  सीधा सम्पर्क गरेकोृ छैन।

परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास भइरहेको बताएका छन्।

त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरेको उनले बताएका छन्।

यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो।

जोशी हमासको कब्जामा रहेको भनिए पनि गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलापछि उनीबारे कसैलाई पनि खासै जानकारी छैन।

उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो।

तर, हमासले नेपाली बन्धकबारे कुनै पनि विवरण सार्वजनिक गरेको छैन।

 

 

Tags: