post-slider post-slider

नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध

Image
A A

काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ। विभिन्न ठाउँमा पहिरो जाँदा सडक खण्ड अवरूद्ध भएको हो।

नारयणगढ–मुग्लिन सडक खण्डको ९ ठाउँमा पहिरो गएको छ।

सबैभन्दा ठूलो पहिरो तीन नम्बर पुलमा रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन ४÷५ घण्टा लाग्ने बताइएको छ। पहिरोका कारण सडक अवरूद्ध भएपछि सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन्।

बिहीबार दिउँसोबाट पहिरोका कारण यो सडक अवरूद्ध छ। पहिरो पन्छाउँदै गाडी सञ्चालन भए पनि राति ठूलो पहिरो झरेपछि राजमार्ग बन्द भएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिए।

 

Tags: