post-slider post-slider

आजदेखि सर्वोच्चमा ‘अटोमेसन’मा पेसी तारिख

Image
A A

काठमाडौं- सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागिएको बताएका छन्।

अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएकोमा अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन्। यसो हुँदा सेवाग्राहीको गुनासो घट्ने उनले विश्वास व्यक्त गरे।

न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको उनको भनाइ छ। त्यसका लागि सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए। अहिले परीक्षणका रूपमा सुरु गरिएको पेसी तारेख यसपछि काठमाडौं जिल्ला अदालतमा थालिने उनको भनाइ छ।

प्रधानन्यायाधीश श्रेष्ठले पेसी तोक्ने काम भने बजेटलगायतका कारण अटोमेसनमा लैजान कठिनाइ भइरहेको बताए। यसका साथै प्रविधिक व्यवस्थापनका लागि थप गृहकार्य आवश्यक देखिएको उनको भनाइ छ।

Tags: