post-slider post-slider

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आह्वान

Image
A A

काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिनभित्र कार्यालय समयमा उजुरी दिन आह्वान गरको हो।

समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनु पर्ने र उनले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ। 

राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले नेपालको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

Tags: