राप्रपाले तोक्यो केन्द्रदेखि स्थानीय तहसम्म नेताको जिम्मेवारी (सूचीसहित)
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रदेखि स्थानीय तहसम्मा नेताहरूको जिम्मेवारी तय गरेको छ। राप्रपाले करिब ९ सय नेतालाई स्थानीयस्तरमा संगठन विस्तारका लागि पठाएको छ।
राप्रपाले ७ सय ५३ वटा स्थानीय तह र ती तहका वडामा समेत राप्रपाले नेताहरूको जिम्मेवारी तोकेको हो। नेताहरूको तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने राप्रपाले जनाएको छ।
राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दुधर्मको पक्षमा घरदैलोसम्म सन्देश प्रवाहित गर्न उक्त अभियान चलाएको पनि बताएको छ।