post-slider post-slider

टि–२० मा पाकिस्तानलाई उछिन्दै भारतले बनायो नयाँ कीर्तिमान

Image
A A

काठमाडौं- भारतले शुक्रबार अस्ट्रेलियालाई जारी टि–२० श्रृंखलामा २० रनले पराजित ग¥यो।

यो जितका साथै भारतले टि–२० फरमेटमा सबैभन्दा बढी म्याच जित्ने टिम बनिसकेको छ।

यसअघि यो फर्मेटमा अहिलेसम्म सबैभन्दा बढी म्याज जित्ने कीर्तिमान पाकिस्तानको नाममा थियो।

भारतले सन् २००६ देखि अहिलेसम्म यो फर्मेटमा २१३ म्याच खेलेको छ। जसमध्ये १३६ मा जित हात पार्दा ६७ म्याचमा हार बेहोरेको छ।

त्यस्तै एउटा म्याच बराबरीमा टुंगिएको थियो।

पाकिस्तानले अहिलेसम्म २२६ म्याच खेलेको छ। जसमध्ये उसले १३५ म्याच जितेको छ।

न्युििजल्यान्डले दुई सय म्याचमध्ये १०२, अस्ट्रेलियाले १८१ मध्ये ९५ र दक्षिण अफ्रिकाले १७१ मध्ये ९५ म्याच जितेको छ।

 

Tags: