post-slider post-slider

वडाध्यक्ष कारागार चलान

Image
A A

काठमाडौं- सर्लाही जिल्लाको धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष करागार चलान भएका छन्।

धनकौल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र महतो पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दामा महतोलाई कारागार चलान गर्न आदेश दिएको हो।

केही मानिस हुने गरी गाउँमा भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योग मुद्दा दायर भएको थियो।

मुद्दा दायर भएदेखि फरार रहेका महतो मंगलबार आफैं अदालतमा उपस्थित भएका थिए।

न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआएसम्म वडाध्यक्ष महतोलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

महतो स्थानीय तह निर्वाचन २०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

यो मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। ती व्यक्तिहरू फरार रहेका र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

 

Tags: