post-slider post-slider

एक्लै चुनाव नलडेसम्म कांग्रेस बलियो पार्टी बन्दैन : कोइराला

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसले एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्ने बताएका छन्।

चितवन–काठमाडौं प्रजातान्त्रिक संगमको ३३ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनको उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन्।

उनले भने,‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौं तबसम्म पार्टी झनझ् कमजोर हुँदै जान्छ।’

नेता कोइरालाले कांग्रेसलाई जनतासँग जोड्नसकेमात्र पार्टीमा परिवर्तन आउने बताए। 

‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभइ मुलुक परिवर्तन हुनसक्दैन। कांग्रेसलाई जनतासँग जोड्नसकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्नसक्छ,’ उनले भने।

महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको कोइरालाले बताए।

देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने जिकिर गरे।

 

Tags: