post-slider post-slider

रवि लामिछानेसहित उनको पार्टीका मन्त्रीहरूले राजीनामा बुझाउँदै

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन्। 

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

यसअघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए।

Tags: