नेपाल-तिब्बत सीमामा ७ म्याग्निच्युडको भूकम्प, तिब्बतमा ९ जनाको मृत्यु
भूकम्पपछि उद्धार कार्यमा तयारी गर्दै सोलुखुम्बुका प्रहरी। तस्बिर : नेपाल प्रहरी
काठमाडौं - नेपाल-तिब्बत सीमा क्षेत्रमा केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प मंगलबार बिहान ६:५० बजे महसुस गरिएको थियो। भूकम्पको केन्द्र तिब्बतको डिंगे कान्टी पर्छ, जुन नेपालको सोलुखुम्बुनजिकै हो।
चिनियाँ समाचार संस्था ग्लोबल टाइम्स का भूकम्पमा परी तिब्बतमा अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ।
भूकम्पका कारण केही संरचनात्मक क्षतिहरू भएको र अन्य सम्भावित क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।
नेपालमा स्थिति नेपालको पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामा पनि भूकम्पको कम्पन महसुस गरिएको छ।
भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको एक प्रहरी भवनमा क्षति पुगेको छ। अन्य स्थानहरूमा प्रहरी तथा स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको छ।
नेपालको पूर्वी पहाडी क्षेत्रमा मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। तर, भूकम्पपछिको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सतर्कता अपनाएको छ।
'अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन, हामीले सबै संयन्त्र परिचालन गरेका छौं,' सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले भने।
भूकम्पको प्रभाव र सतर्कता भूकम्पले नेपाल र तिब्बत दुबै क्षेत्रमा ठूलो प्रभाव पार्ने संकेत दिएको छ। यसका कारण पहिरो, सडक अवरोध र अन्य जोखिमको सम्भावना रहन सक्छ। स्थानीय प्रशासनले थप विवरण संकलनका लागि उद्धार टोली परिचालन गरेको छ।
भूकम्पको केन्द्रविन्दू नजिकका क्षेत्रहरूमा स्थानीय बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।