post-slider post-slider

कांग्रेस महासमिति बैठक मंसिर २९ गतेदेखि

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक मंसिर २९ गतेबाट सुरू हुने भएको छ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ देखि गोदाबरीमा महासमिति बैठक गर्ने निर्णय गरेको हो।

महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म चल्नेछ।

यसअघि मंसिर १५ देखि महासमिति बैठक गर्ने निर्णय गरेको थियो।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले समयअभाव र हलको उपलब्धताका कारण बैठक सारिएको जानकारी दिए।

कार्यसम्पादन समितिको बैठकले जाजरकोट र रुकुममा गएको भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णयलाई अनुमोदन गरेको छ।

त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रीय सदस्य जिप छिरिङ लामाले ११ लाख रूपैयाँ र कांग्रेस नेता दिव्यमणि राजभण्डारीले ५ रूपैया दिने प्रतिबद्धता व्यक्त गरेको विश्वकर्माले बताए।

उनका अनुसार भूकम्पपीडितहरूको सहयोगका लागि पार्टी सदस्यहरूलाई आग्रह गरिएको र यो रकम विपद व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गरिनेछ।

बैठकले भूकम्पबाट प्रभावितलाई तत्कालै उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर रूपमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ।

 

Tags: