post-slider post-slider

विश्वकप क्रिकेट : भारत र इंग्ल्यान्डबीच आज ‘वार्म–अप’ म्याच

Image
A A

काठमाडौं- एकदिवसीय क्रिकेट विश्वकप सुरू हुन अब पाँच दिन बाँकी छ। भारतमा हुन लागेको विश्वकपका लागि चयन भएका सबै टिमहरू त्यहाँ पुगिसकेका छन्।

विश्वकपको औपचारिक सुरूवातअघि सबै टिमले २–२ वटा ‘वार्म–अप’ म्याच खेल्नेछन्।

त्यही क्रममा शनिबार आयोजक भारत र इंग्ल्यान्डबीच ‘वार्म–अप’ म्याच हुँदैछ।

दुवै टिमबीच दिउँसो गुवाहाटीस्थित बारसापरा क्रिकेट स्टेडियममा ‘वार्म–अप’ म्याच हुनेछ।

यो दुवै टिमका लागि पहिलो ‘वार्म–अप’ खेल हुनेछ। 

विश्वकपमा इंग्ल्यान्ड आफ्नो पहिलो खेल ५ अक्टुबरमा न्यूजिल्यान्डविरूद्ध खेल्नेछ भने भारत ८ अक्टुबरमा अस्ट्रेलियासँग भिड्ने छ।

विश्वकपका लागि भारतीय टिम : रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या (उपकप्तान), शुमभन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शमी, रविचन्द्रन अश्विन, ईशान किसन र सूर्यकुमार यादव।

विश्वकपका लागि इंग्ल्यान्ड टिम : जौस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जानी बेयरस्टा, सैम करन, लियाम लिविंगस्टन, डेविड मलान, आदिल रासिद, जो रूट, हैरी ब्रूक, बेन स्टोक्स, रिस टौपले, डेविड विली, मार्क वुड, क्रिस वोक्स।

 

Tags: