post-slider post-slider

बादल पुत्र प्रतीक पुर्पक्षका लागि कारागार चलान

Image
A A

काठमाडौं - पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले मंगलबार थुनामा राख्न आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई प्रहरीले गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो। 

यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

Tags: