post-slider post-slider

भल्लाडोलिडमाथि बार्सिलोनाको गोल वर्षा, राफिन्हाको ह्याट्रिक

Image
A A

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई ७-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्की, जुलेस कोउन्डे, डानी ओल्मो र फेरान टोरेजले एक-एक गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाले यस सिजनको ला लिगामा लगातार चौथो खेलमा जित हासिल गरेको छ। बार्सिलोनाको ४ खेलमा १२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै, रियल भल्लाडोलिडको ४ खेलमा ४ अंक रहेको छ।     

Tags: