post-slider post-slider

चिकित्सक टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

Image
A A

काठमाडौं- जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सको टोलीसहित त्यस क्षेत्रमा गएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएका हुन्।

साथै उनले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तत्काल लैजान निर्देशन दिएका छन्।

त्यसैगरी उनले माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिएका छन्।

 

Tags: