तरकारीमा कर वृद्धि, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने उपाय: अर्थमन्त्री
काठमाडौं ।संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सांसदहरुले तरकारीमा कर बढाएको विषय अर्थमन्त्री डा प्रकाश शरण महतलाई प्रश्न तर्साएका छन्।
अर्थमन्त्री महतले नेपाली उत्पादन कर्ता कृषकले उत्पादन बढाएर देशलाई आत्मनिर्भर तर्फ उन्मुख गर्न प्रोत्साहन गर्न कर बढाइएको बताए ।
‘आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न उपायहरु हुन्छन्। कर पनि एउटा उपाय हो । बाहिरबाट आउने आयातलाई कम गर्ने कुरा गर्दा अहिले जुन एबलेबल इन्स्टुमेन्ट छ त्यो इन्स्टुमेन्ट हेर्दा भ्याट नै उपयुक्त माध्यम देखियो,’ उनले भने, ‘उत्पादक किसानले ५० लाखभन्दा कम कारोबार हुने पसल छ । ति कतै पनि भ्याट लाग्दैन । जो बाहिरबाट आयातित छ त्यसमा मात्र लाग्छ । कि ठुला व्यापार गर्ने डिपार्टमेन्ट स्टोरमा कर लाग्छ।’
त्यो भन्दा बाहेक कृषि उत्पादनलाई बढावा दिन धेरै प्रकारका कार्यक्रम रहेको उनले जानकारी दिए । रैथाने बालीलाई प्रोमोसन गर्ने नीति सबल पक्ष हो । अहिले त्यसलाई नै प्राथामिकतामा राखेको उनले बताए ।