.png)

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रववर्तक गुरु नानक जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
गुरु नानकको जन्म वि.सं. १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो।
उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका थिए। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरूवात उनले गरेका थिए।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थि राजराजेश्वरी निर्मल अखाडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिएका छन्।
त्यस्तै पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेका गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ।