post-slider post-slider

कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिँड्न रोक

Image
A A

सुनसरी - सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।

शनिबार अपराहन्न सप्तकोशीमा ५ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो। पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुलाई पुलबाट हिँड्न रोक लगाइएको छ भने सवारी साधनलाई भने जान दिइएको प्रहरीले जानकारी दिएको छ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ।

Tags: