post-slider post-slider

आज उल्कावर्षा, खुला आँखाले हेर्न सकिने

Image
A A

काठमाडौं- आज ‘भूतप’ उल्कावर्षा हुने भएको छ।

बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटेरीयम एन्ड अब्जरभेटरी विज्ञान संग्रहालयले जनाएको छ।

संग्रहालयका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अन्धकार स्थानबाट उल्कावर्षा देख्न सकिनेछ।

निर्देशक शर्माले ‘भूतप’ उल्कावर्षा उत्तर पूर्वी भागमा देख्न सकिने बताएका छन्। यसलाई खुला आँखाले हेर्न सकिने उनको भनाइ छ।

उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म अवलोकन गर्न सकिनेछ। तर सोही समयमा चन्द्रमा पनि आकाशमा देखिने भएकाले यसको प्रकाशले गर्दा उल्कावर्षा अवलोकन गर्न केही असहज हुने उनले बताए।

उल्कावर्षा ‘भूतप’ तारामण्डलनजिक देखिने भएकाले सोही नामबाट यसलाई ‘भूतप’ उल्कावर्षा भनिएको हो।

 

Tags: