post-slider post-slider

प्रतिनिधिसभा बैठक स्थगित

Image
A A

काठमाडौं- प्रतिनिधिसभा बैठक स्थगित भएको छ। मंगलबार दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित भएको हो।

प्रतिनिधिसभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम अर्को बैठक बुधबार दिनको ३ बजे बस्नेगरी निर्धारण गरिएको छ।

नेकपा एमालेको निरन्तर अवरोधपछि मंगलबारसम्मका लागि बैठक सर्दै आएको थियो।

सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै १० साउनदेखि प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्दै आएको थियो।

सोमबार राति बसेको सर्वदलीय बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेपछि मंगलबार प्रतिनिधिसभा बैठक बस्ने तय भएको थियो।

Tags: