post-slider post-slider

धादिङ बस दुर्घटना (अपडेट) : १५ घाइतेको उद्धार

Image
A A

काठमाडौं- धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा भएको बस दुर्घटनामा १५ जनाको उद्धार गरिएको छ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेस ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जयसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ।

त्यस्तै बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा १६ जना र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरी खटिएको छ।

 

Tags: