post-slider post-slider

सिटौलालाई अध्यक्ष बनाउन सल्लाह हुँदैछ, गठबन्धन केही हुँदैनः देउवा

Image
A A

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। 

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सत्ता गठबन्धन केही नहुने बताएका हुन्। 

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले पनि उम्मेदवारी दियो नि ? अब गठबन्धन के हुन्छ भन्ने प्रश्नमा देउवाले यस प्रकारको उत्तर दिएका हुन्।  

देउवा भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुने। देउवाले अलग अलग पार्टी भएकाले त्यस्तो निर्णय गर्नु स्वभाविक रहेको बताए। 

कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको पनि उनले बताए। 

Tags: