post-slider post-slider

एसिया क्षेत्र छनोट महिला क्रिकेटमा नेपाल सेमिफाइनलमा

Image
A A

काठमाडौं- आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली राष्ट्रिय महिला टिमले लगातार चौँथो जित निकालेको छ। सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो। लगातार चौँथो जितका साथ समूह ‘ए’बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्न सफल भयो।

कतारले नेपाल समक्ष जितका लागि दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै सहज जित निकाल्यो। नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन्। त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहँदा ओपनर सीता रानामगर २३ बलमा १७ रन बनाएर अविजित रहिन्।

मलेसियाको बांगीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो। कतारका लागि साची धडवालले २१ रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक एन्जिलेने मारेले १४ रन बनाएकी थिइन्। नेपालका लागि इन्दु वर्माले ३ विकेट लिँदा पूजा महतो र कबिता जोशिले समान १-१ विकेट लिएका थिए।

Tags: