post-slider post-slider

कुटपिटको विरोधमा आन्दोलमा उत्रिए डाक्टरहरू

Image
A A

काठमाडौं- पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकले प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकहरू भौतिक सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। 

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताएका छन्।

उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो।

Tags: