post-slider post-slider

गाजामा युद्ध रोक्न संयुक्त राष्ट्र सुरक्षा परिषद असफल

Image
A A

काठमाडौं- संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजामा मानवीय युद्धविरामका लागि अह्वान गर्ने रूसी मस्यौदासम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ।

मस्यौदाका प्रस्तावको पक्षमा पाँच र विपक्षमा ४ मत प्राप्त भएको छ भने ६ जना अनुपस्थित भएका छन्।

प्रस्तावको पक्षमा भएको मतदानमा रूससँगै चार देश चीन, संयुक्त अरब इमिरेट्स, मोजाम्बिक र ग्याबोन थिए।

अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले विपक्षमा मतदान गरे।

स्वीकृत हुन सुरक्षा परिषदको प्रस्तावको पक्षमा कम्तीमा ९ मत चाहिन्छ।

संयुक्त राष्ट्र संघका लागि रूसका स्थायी प्रतिनिधि भ्यासिली नेबेन्जियाले मतदानको नतिजाबाट आफ्नो प्रतिनिधिमण्डल निरास भएको बताएका छन्।

सुरक्षा परिषदले सोही मुद्दामा ब्राजिलबाट अर्को मस्यौदा प्रस्ताव राखेको छ।

तर, मतदानका लागि समय तोकिएको छैन।

 

Tags: