post-slider post-slider

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। 

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ। 

आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन्। 

चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन्। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ।

Tags: