post-slider post-slider

विद्यालयको माटो बेचेर भ्रष्टाचार

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित चार जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले लालझाडी गाउँपालिका–४ डाँगाजाईस्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, अध्यक्ष लक्ष्मण रानासहित चार जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रधानाध्यापक बोहरा, अध्यक्ष रानालगायतले विद्यालय हाताभित्र रहेको जमिन उत्खनन् गरेर गैरकानुनी रूपमा माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

उनीहरूले विद्यालय हाताभित्रको माटो स्थानीय इँटा भट्टालाई बिक्री गरेर भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो।

आर्थिक वर्ष २०७६ / ७७ र ०७७ / ७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा प्रदेस सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिम अनुसूची ६ ले तोकेबमोजिमको करबापतको ७ लाख २९ हजार ५१४ रूपैयाँ बराबरको हानी–नोक्सानी गरेको पाइएको हुँदा प्रधानाध्यापक बोहरा, अध्यक्ष राना, न्यु भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र अर्का इँटा उद्योग सिद्धबैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरूद्ध छुट्टाछुट्टै मागदाबीसहित मुद्दा दर्ता भएको छ।

 

Tags: