post-slider post-slider

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

Image
A A

काठमाडौं- सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।

सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ।

पक्ष विपक्षमा बराबरी मत खसेको अवस्थामा मात्रै सभाअध्यक्षले निर्णायक मत दिन पाउने संवैधानिक र कानुनी व्यवस्थाको उल्लंघन गर्दै मन्सुरीको मत गणना गरेर विश्वासको मत पाएको घोषणा गरिएको हो।

यो नीति संवत नभएको भन्दै प्रतिपक्षी एमाले र राप्रपाका सांसदहरुले नाराबाजी र होहल्ला गरेका थिए। एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरु विरोधमा उत्रिएपछि प्रदेशसभाभित्र मर्यादापालकहरुले रोकेका थिए।

Tags: