post-slider post-slider

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

Image
A A

काठमाडौं- अर्जेन्टिना जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। 

शुक्रबार बिहान इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। 

निर्धारित समयमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पहिलो हाफको ३५ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। तर, इक्वेडरका केभिन रोड्रिगेजले दोस्रो हाफको इन्जुरी समयमा  गोल फर्काएका थिए। 

यसअघि पेनाल्टीको अवसर पाउँदा इक्वेडरका खेलाडी चुकेका थिए। 

पेनाल्टी सुटआउटमा अर्जेन्टिनी गोलरक्षक मार्टिनेज नायक भए। उनले इक्वेडरका दुई वटा पेनाल्टी रोकेका थिए। 

कप्तान  लियोनल मेस्सीको पेनाल्टी पोलमा ठोक्किएर आकाशिँदा इक्वेडरका लागि अवसर सिर्जना भएको थियो। तर, ती अवसर मार्टिनेजले असफल पारिदिए। 

अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ। यो खेल जुलाई ९ मा हुने छ।

Tags: