post-slider post-slider

कोशी प्रदेशमा कांग्रेसकाखत्री र माओवादीका आचार्य मन्त्री बन्ने पक्का

Image
A A

मोरङ- कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट राम खत्री र नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन्।

उदयपुर क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित खत्री बिना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहने भएका हुन्।

आचार्यले भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ।

मुख्यमन्त्रीसहित शीर्ष नेताको छलफलमा आचार्यलाई आर्थिक मामिला मन्त्रालय दिइने सहमति भएको हो।

उनले यसअघि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारमा पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन्।

Tags: