post-slider post-slider

शेखर समूहको बैठक आज, के छ एजेण्डा?

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ। बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ। उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बताइएको छ।

Tags: