post-slider post-slider

चन्द्रमामा अक्सिजन भेटिएको इसरोको दाबी

Image
A A

काठमाडौं- इसरोलाई चन्द्रयान–३ को रोवरमा जडीत उपकरणको मद्तले कैयौं महत्वपूर्ण जानकारीहरू प्राप्त भएको छ।

इसरोका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा सल्फर, अक्सिजनसमेत अरू कतिपय पदार्थ रहेको पुष्टि भएको छ।

इसरोले मंगलबार साँझ वक्तव्य जारी गरेर भनेको छ,‘सुरूवाती विश्लेषणमा चन्द्रमाको सतहमा अल्युमिनियम, सल्फर, क्याल्सियम, आइरन, क्रोमियम र टाइटेनियमको उपस्थिति पुष्टि भएको छ।’

त्यस्तै त्यहाँ म्यागनिज, सिलिकन र अक्सिजनको समेत उपस्थिति रहेको पाइएको इसरोले जनाएको छ।

इसरोले बताएअनुसार चन्द्रमाको सतहमा हाइड्रोजनको उपस्थितिबारे अनुसन्धान जारी रहेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा पठाइएको भारतको चन्द्रयान मिसनका रोवर ‘प्रज्ञान’ ले पृथ्वीमा बस्नेहरूका लागि एउटा सन्देश पठाएको छ।

सन्देशमा प्रज्ञानले भनेको छ,‘म र मेरो साथी विक्रम (ल्यान्डर) दुवै सकुशल छौं।’

भारतले २३ अगस्तमा चन्द्रयान–३ अभियान चन्द्रमाको दक्षिणी धु्रवमा सकुशल अवतरण गराएर इतिहास रचेको थियो।

चन्द्रमा दक्षिणी धु्रवमा पुग्ने भारत विश्वकै पहिलो देश बनेको छ।

 

Tags: